Wednesday, 15 December 2010

टाइम पर्सन अफ द इयर २०१० मार्क जुकर्बर्गलाई

फोटो: www.time.com
विश्वभरका धेरै मानिसहरुको अनुमानलाई गलत तुल्याउँदै टाइमले यस वर्षको “पर्सन अफ द इयर”को उपाधि सामाजिक संजाल फेसबुकका प्रमुख तथा सह-संस्थापक मार्क जुकर्बर्गलाई प्रदान गरेको छ । हरेक बर्ष अमेरिकी पत्रिका टाइमले वर्षभरि सकारात्मक वा नकारात्मक काम गरेर विश्वभर आफ्नो प्रभाव पार्न सक्ने एक मानिस वा संस्थालाई ‘टाइम पर्सन अफ द इयर’को उपाधि दिने गर्छ । हेरक वर्ष झैं यस वर्ष पनि त्यो उपाधि कसले लिने होला भनेर निकै कौतुहलता छाएको थियो । 

Friday, 3 December 2010

कामचलाउलाई “भूपू प्रधानमन्त्री”को हैसियत

५ महिना अगाडि राजिनामा दिएर कामचलाउ प्रधानमन्त्री बनेका माधव कुमार नेपाल हालै कम्बोडिया भ्रमणमा छ । देशको अस्तव्यसत अवस्थालाई वास्ता नगरि फोकटमा पायो भन्दैमा एसियाली राजनीतिक संगठन (आइक्याप) को सम्मेलनमा भाग लिन भनी उनी कम्बोडिया तिर लागेका हुन् । तर यी कामचलाउ प्रमलाई आयोजकको आधिकारिक वेबसाइटमा भने भूतपूर्व प्रधानमन्त्री भनेर राखेको छ ।

यु आर दि इस्ट्रंग सोल्जर्स

यहाँ एउटा ‘म्युजिक’ भिडियो छ, यो भिडिियो हेर्नुहोस् अनि कस्तो लाग्यो भन्नुहोला ।

यु आर दि गोर्खा सोल्जर्स, यु आर दि इस्ट्रंग सोल्जर्स ।
यु आर दि ग्रेट वारियरस, यु आर दि ब्रआभ सोल्जर्स ।
थाउजेन्डस अफ यु वेर प्रिजानारस, थाउजेन्डस अफ यु वेर इन्जोर्ड ।
थाउजेन्डस अफ यु वेर मिशिंग, यु नेभर नोज योर डेरिंग ।
यु आर सो लोल एण्ड ओनेस्ट कज यु लिब इन माउण्ट एब्रेस्ट ।
यु युस्ड योर खुकुरी नाइफ एण्ड यु सेक्रिफाइज्ड योर लाईफज ।
यस यु आर, यस यु आर गोर्खा सोल्जर्स ... ... ...

Thursday, 2 December 2010

Mother and Child

The first world, the imperialist, capitalist countries have planted seeds of poverty in the third world. If the first world does not exist, the third world’s poverty would not exist. It is true that we too have and had a great deal of feudal structure in our society, which is one cause of our poverty; but large scale economic poverty is imposed on us by the capitalist system. The money oriented first world exploits us, and their proletariat, showing dreams of consumerism. They maintain the world’s capitalist structure by portraying materialism as the source of human happiness.

Tuesday, 23 November 2010

यो कस्तो लाग्छ ?

यो भिडियो हेर्नुहोस् यसमा हाम्रो देश र संस्कृतिको खिल्ली ऊदाइएको छ । त्यस व्यक्तिलाई अरुको देश र संस्कृतिको बारे मिडियामा गलत ढंगले प्रस्तुत गरेको देख्दा तपाईँलाई कस्तो लाग्यो ?

The Colbert ReportMon - Thurs 11:30pm / 10:30c
Advice to the Gods - Nepalese Pre-Teen Goddesses
www.colbertnation.com
Colbert Report Full Episodes2010 ElectionMarch to Keep Fear Alive

Monday, 22 November 2010

अनुराधा अनि हाम्रो कर्तव्य ?

देशको अवस्था डामाडोल भएको बेला केही नयाँ खबर सुन्न पाइएको छ । २०१० सि एन एन हिरो अफ द यिअरको उपाधि १२,००० भन्दा बढी महिलाहरुलाई यौन शोषणबाट मुक्त गरिसकेकी, हाम्रै नेपालकी अनुराधा कोइरालाले पाएकी छिन् । यस उपाधिका लागि ८ हप्‍ता सम्म अनलाइन भोटिंग खोलिएको थियो जसमा विश्‍व भरिका मानिसहरुको सबै भन्दा बढी भोट उनले पाइन् । एक भोट त मैले पनि दिएको थिएँ । 

(picture taken from www.ekantipur.com)
सन् १९९३ देखि माइती नेपाल भन्ने संस्था अन्तर्गत उनले १२,००० भन्दा बढी महिलाहरुलाई यौन उत्पिडनबाट बचाइ सकेकी छिन् । यस्ता महिलाहरुलाई माइती नेपालले बस्ने ठाऊँदेखि लिएर पढ्ने व्यवस्थासम्म पनि गरिदिन्छ ।

हरे अब ढिलो सुतिने भो !

नझुक्किनु होला, यो मैले भनेको होइन । यो त भारत तथा नेपालमा बस्ने कयौं मानिसहरुले भनेका होलान् जो बिग बोस तथा राखिका इन्साफ जस्ता कार्यक्रमहरुका दर्शक हुन् । नोभेम्वर १७ देखि भारतीय सरकारद्वारा यस्ता “रियालिटि शो”हरुलाई “एडल्ट कन्टेन्ट”को विल्ला लगाएको छ र यस्ता कार्यक्रमहरु भारतीय समय अनुसार साँझ ११ बजेदेखि बिहान ५ बजे सम्म मात्र प्रसारन गर्न पाइने आदेश जारी गरिएको छ । 

अब परेन त फसाद ? भारतीय समय अनुसार रातीको ११ बजे भनेको नेपालमा ११:१५ हुन्छ । अनि कार्यक्रम सकिँदा सम्म त १२:१५ भै सक्नेछ । भोलि पल्ट बिहान सबेरै उठ्न पर्नेहरुलाई त बिजोग नै हुने भयो नि । मर्निंग कलेज जानेहरु प्रति त दया नै जागेको छ । 

Friday, 19 November 2010

क्वाङचाउलय् १६क्वःगु एसियन गेम्स

सन् २००८या ओलम्पिक व सन् २०१०या वर्ल्ड एक्स्पो सांघाइ थंज्याःगु अन्तराष्ट्रिय मुँज्याया सुथां लाकः ग्वसाःग्वःगु चीनं हान छक्व मेगु तःधंगु अन्तराष्ट्रिय मुँज्याया ग्वसाःग्वःगु दु । चीनं थुगुसी १६क्वःगु एसियन गेम्सया ग्वसाःग्वःगु दु । चीनया प्रधानमन्त्री वेन चियाबाओया उपस्थितिइ शुक्रवाः चीनया व्यापारिक शहर क्वाङ्चाउलय् छगू भव्य उलेज्या समारोह यासें एसियन गेम्स शुरु जूगु खः । 

हलिमय् न्हावलें कासाया धेंधेंबल्लाया उलेज्या रंगशालाय् जक जुइगु प्रचलनयात त्वाःथसें चीनं १६क्वःगु एसियन गेम्सया उलेज्या पर्ल खुसिया हाइसिनशा टापुलय् याःगु खः ।

ब्लग सुरु गरौं भनेर...ब्लग सुरु याये धका....

थाय्‌मरु मा यहाँहरुलाई स्वागत छ । 

आजभोलि इन्टरनेटको जमाना यहाँहरुलाई थाहा नै होला । त्यसमाथि पनि आफ्नो निजी ब्लग संचालन गर्ने अहिले एक किसिमको चलन नै बसेको छ । संसार भरिका सामान्य देखि विश्‍व प्रख्यात व्यक्तित्वहरुको ब्लग हामी पढ्न पाऊँछौं । 

हुन त मैले धेरै पहिला देखिनै ब्लग थाल्छु भनेर सोचेको थिएँ र गुगुल एकाउन्टबाट सन २००८ ताका रेजिस्टर पनि गरेको थिएँ । रेजिस्टर गरेर परिक्षण पोष्‍ट हिसाबले Nepal शिर्षकको ब्लग पनि पोष्‍ट गरेको थिएँ । तर धेरै कारणहरु थिए जसले गर्दा ब्लग थाल्ने कुरो मेरा सोचमा मात्र सिमित रहयो । तर दुई-चार दिन अघिदेखि अब त साँच्चै थाल्नै पर्‍यो भन्ने जोस आएको छ । सोचको घेरालाई अघि बढाउँदै आजबाट ब्लग थाल्ने निधो गरेको छु । 

यो बल्ग कुनै विषय-वस्तु तथा भाषामा सिमित हुने छैन । हाललाई नेपालभाषा, खस्‌भाषा(नेपाली), अँग्रेजी तथा चिनिया भाषा गरेर ४ भाषा प्रयोग हुनेछ भने विषय-वस्तुको कुनै सिमा हुने छैन ।