५ महिना अगाडि राजिनामा दिएर कामचलाउ प्रधानमन्त्री बनेका माधव कुमार नेपाल हालै कम्बोडिया भ्रमणमा छ । देशको अस्तव्यसत अवस्थालाई वास्ता नगरि फोकटमा पायो भन्दैमा एसियाली राजनीतिक संगठन (आइक्याप) को सम्मेलनमा भाग लिन भनी उनी कम्बोडिया तिर लागेका हुन् । तर यी कामचलाउ प्रमलाई आयोजकको आधिकारिक वेबसाइटमा भने भूतपूर्व प्रधानमन्त्री भनेर राखेको छ ।
के उनलाई कार्यक्रममा पनि यही दर्जा दिइने छ त ? त्यो त हेर्नै बाँकी छ । केही गरि कार्यक्रममा पनि भूतपूर्व प्रम कै हिसाबले व्यवहार गरिए नेपालको कत्रो बेइज्जत ! यो भन्दा माकुने आफ्नै पनि कत्रो बेइज्ज होला त ? परन्तु बेइज्जत त इज्जत भएकाहरुको पो हुन्छ नि !
त्यस सम्मेलनमा भाग लिने सहभगीहरु मध्ये प्रधानमन्त्री अथवा भूतपूर्व प्रधानमन्त्री तहको ऊ नै एकजना मात्र रहेछ । अरु जत्ति पनि देशका सहभगीहरु छन् सबै राजनीतिक दलला व्यक्तिहरु मात्र छन् किनभने यो सम्मेलन नै राजनीतिक दलहरुको हो । यस्तोमा पनि सरकारको पैसामा प्रधानमन्त्री जस्तो मान्छे आफैं जानु, के भन्नु र खै' ?
फोकटमा पायो वा आफ्ने पैसा खर्च नहुने भयो भन्दैमा जे पनि गर्नेहरु धन्य छन् ।
No comments:
Post a Comment