देशको अवस्था डामाडोल भएको बेला केही नयाँ खबर सुन्न पाइएको छ । २०१० सि एन एन हिरो अफ द यिअरको उपाधि १२,००० भन्दा बढी महिलाहरुलाई यौन शोषणबाट मुक्त गरिसकेकी, हाम्रै नेपालकी अनुराधा कोइरालाले पाएकी छिन् । यस उपाधिका लागि ८ हप्ता सम्म अनलाइन भोटिंग खोलिएको थियो जसमा विश्व भरिका मानिसहरुको सबै भन्दा बढी भोट उनले पाइन् । एक भोट त मैले पनि दिएको थिएँ ।
![]() |
| (picture taken from www.ekantipur.com) |
यस उपाधि पाए वाइत सि एन एन ले आफ्नो संस्था संचालन गर्नको लागि भनेर कोइरालालाई १,००,००० अमेरिकी डलर दिएको छ ।
उपाधि पाएर उनले के के भनिन भन्ने कुरा समाचारहरुबाट नै थाहा पाउन भै' सक्यो होला । उनले उपाधि पाएर केही बोलीसकेपछि उनलाई नोमिनेसनमा पठाउएका सम्राट र निशालाई मञ्चमा बोलाँउदा "ब्रिंग द फ्ल्याग, ब्रिंग द फ्ल्याग" भनेर चार पाँच पटक भन्दा मलाई निकै घत लागेको थियो । भण्डा आऊँदा भने फिस्टे झण्डा आयो, फेरि मन खिन्न भयो । तर जे भए पनि, झण्डा नै नहुनु भन्दा सानै भए पनि आयो त्यही खुशीको कुरा थियो ।
विश्व भरिनै नेपालको नकारात्मक प्रचार भइ रहेको बेला यो समाचारले नेपाललाई राम्रो किसिमको परिचय दिन केही हद सम्म मद्दत गरेको छ र नेपालीहरुले गर्व गर्ने केही बाहाना पाएका छन् । यस समाचारले नेपालीहरुको फेसबुकको भित्ता नै भरिएको छ । जहाँ पनि यसकै चर्चा । सबैले त्यही कुरालाई दोहोर्याई तेहर्याई पोष्ट गरेको थियो । "हामीलाई गर्व छ"; "बढाईँ छ"; "प्यारालाइसिसले संक्रमित देशमा कही फिक्का आशा" पोष्टको सथै यस्तो भनेर कमेन्ट गरेको पनि पाएँ । हो हामीलाई उनले यो उपधि पाएर विश्ब भरि नै नेपालको नाम चम्काएकोमा गर्व त लाग्ने नै भयो तर हामीले चैं नेपालको लागि के गरेका छौं ? केही गर्ने सोँच पनि त छ ??? खालि फेसबुकमा पोष्ट गरेर र दुई लाइनको कमेन्ट गरेर हाम्रो कर्तव्य पुरा हुन्छ ?

No comments:
Post a Comment