नझुक्किनु होला, यो मैले भनेको होइन । यो त भारत तथा नेपालमा बस्ने कयौं मानिसहरुले भनेका होलान् जो बिग बोस तथा राखिका इन्साफ जस्ता कार्यक्रमहरुका दर्शक हुन् । नोभेम्वर १७ देखि भारतीय सरकारद्वारा यस्ता “रियालिटि शो”हरुलाई “एडल्ट कन्टेन्ट”को विल्ला लगाएको छ र यस्ता कार्यक्रमहरु भारतीय समय अनुसार साँझ ११ बजेदेखि बिहान ५ बजे सम्म मात्र प्रसारन गर्न पाइने आदेश जारी गरिएको छ ।
अब परेन त फसाद ? भारतीय समय अनुसार रातीको ११ बजे भनेको नेपालमा ११:१५ हुन्छ । अनि कार्यक्रम सकिँदा सम्म त १२:१५ भै सक्नेछ । भोलि पल्ट बिहान सबेरै उठ्न पर्नेहरुलाई त बिजोग नै हुने भयो नि । मर्निंग कलेज जानेहरु प्रति त दया नै जागेको छ ।
किन यस्तो निर्णय गरेछ त भारतीय सरकारले ?
कुरा के रहेछ भने भारतको सुचना तथा प्रसारण मन्त्रालयमा बिग बोस र राखिका इन्साफमा देखाइएका केही दृश्यहरुको आपत्ति जनाउँदै लेखिएका चिठ्ठीहरुको बाढी नै आएछ । तपाईं बिग बोस हर्नु हुन्छ भने त भिना मल्लिकलाई चिन्नु हुन्छ नै होला । बिग बोसको एक श्रृंखलामा, उनले बेरेको रुमाल झर्दा उनको नग्न अबस्था क्यामेराले उतारेको थियो र यो टिभीमा प्रशारण पनि भएछ । समरण होस् उनी उही महिला हुन् जो केही समय अगाडी क्रिकेट स्पट-फिक्सिंग काण्डमा धेरै चर्चामा आएकी थिइन र पाकिस्तानी क्रिकेट खेलाडी मोहम्मद अशिफकी भूतपूर्व प्रेमिका थिइन ।
त्यसतै राखि सावन्तको राखिका इन्साफमा सहभागी भएका एक व्यक्तिले आत्माहत्या गरेको कारण उनको कार्यक्रम विरुद्ध त मुद्दा नै दायर गरिएछ ।
साथै यस्ता कार्यक्रमहरुमा “किस” गरेका दृश्यहरु पनि देखाइएको र अशलील शब्दहरुको प्रयोग निकै बढी मात्रामा भएको भन्दै जनसमुदायले गुनासो पोखेको थियो ।
यही कारणहरुले गर्दा भारतीय सरकार यस्तो कदम उठाउन वाध्य हुनुपर्छ ।
तर विदेशमा बस्ने साथीहरुलाई के मतलब ?
टिभीमा प्रसारण भएको केही घण्टा मै इन्टर्नेटमा अप्लोड गरिसकेको हुन्छ क्यारे ! (गर्नेले पनि कति छिट्टो गरिसक्छ भने, करा गारेर साध्य नै छैन) आफ्नो मिल्ने समयमा जहिले हेरे पनि भयो नि । लौ तपाईँहरु कै मोज छ ।
अस्ति देखि त अझ बेवाच टेलिश्रृंखला र प्लेब्वाइ पत्रिकाबाट नाम कमाएका अभिनेत्री प्यामेला एन्डर्सन पनि बिग बोसको घरमा बस्न आएकी छिन् रे !
तर मैले भने मानिसहरु यस्ता कार्यक्रमहरु किन हेर्न रुचाउँछन् भनेर अहिलेसम्म बुझ्न सकेको छैन ।
No comments:
Post a Comment